भ्वाइस अफ नेपालमा पहिलो रनरअप भएकी सविनाले लेखिन मनछुने स्ट्याटस

 


काठमाडौ । हिजो बेलुकी ७:३० बजेदेखि सुरु भएको ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये करण राई बिजेता बनेका थिए । हिजो राती सम्पन्न भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि टीम राजु अमेरिकाका करण राईले जितेका हुन् भने टीम राजेशका सविना योग्हांग लिम्बुले भने फस्ट रनरअपमै चित्त बुझाउनु परेको छ ।

फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिड्दैछन्। आज मात्र सविना योङहाङले भ्वाइसबारे आफ्नो कुरा फेसबुकबाट सेयर गरेकी छन् । पढ्नुहोस ।

देश तथा विदेश मा रहन्नुहुने सम्पूर्ण नेपाली आमा-बुबा,दाजुभाई तथा दिदी-बहिनि हरुमा सेवारो/सेवा/नमस्ते । म नेपाली सांगीतिक क्षेत्रमा नै केहि गर्छु भनि लामो समय बाट यात्रा गरिरहेको एक सांगीतिक यात्री हुँ । यहि यात्रा कै क्रममा एक गन्तब्य सम्म पुग्न को लागि नेपाली संगीत जगत कै ठुलो रियालिटी शो TVON को चौथो संस्करणमा जोडिएर अन्तिम चरण सम्म यात्रा गर्ने मौका प्राप्त गरें र मेरो स्वर्गीय बाबा को एक थान सपना केहि हद सम्म पुरा गर्न सकेको महसुस भएको छ ।

यो यात्रामा आएका हरेक चुनौतीहरुको सामना गर्न सारथी बनेर मेरो लागि सधैँ उभिदिनु हुने मेरो आदरणीय कोच राजेश पाएल राई सर, एडभाईजर बिक्रम राई सर TVON टीम र मलाई माया,हौसला र भोट गरिदिनुहुने मेरा सम्पूर्ण भगवान-रुपी दर्शक-श्रोता हरुमा हृदय बाट नै हार्दिक धन्यवाद दिन चाहन्छु ।

यो एक सांगीतिक खेल भएको हुनाले कोहि बिजेता हुनै पर्छ तर जो बिजेता भएतापनि हाम्रै सांगीतिक चोमोलुङ्गम्माको उचाई चुलिन्ने हो र यो हाम्रो साझा खुसि हो त्यसैले बिजेता karan rai, फाइनलिस्ट साहिल लिम्बु र योगेश मगरलाई हार्दिक बधाई तथा उज्ज्वल सांगीतिक जीवन को सुभकामना दिंदै,मेरो सम्पूर्ण दर्शक श्रोता लाई हाम्रो संगीतको साझा जीत मनिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा, फेरी पनि बिश्वको जुनसुकै ठाउँमा रहेर पनि मलाई साथ,सहयोग र भोट गरि यो यात्रामा सहयात्री बनिदिनु हुने सपुर्णमा हार्दिक नमन गर्दै हजुर हरु को यो बिश्वासलाई कहिल्यै मर्न नदिने प्रण गर्दछु । बाँकी सांगीतिक यात्रामा पनि यसरी नै सहयात्री बनिदिनुस है ।

नोगेन, सबिना योङ्गहंग



Comments