पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस : पुष १५ गतेको राशिफल


काठमाडौँ :-  वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। पौष १५ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

शुक्रबार दिन माता सन्तोषीको नाममा समर्पित हुने गर्दछ। शुक्रबार माता सन्तोषीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शुक्रबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पौष १५ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शुक्रबार ।।। नक्षत्र- उत्तरभाद्रपदा , १७:०५ बजे उप्रान्त रेवती ।।। तिथि –अष्टमी , २३:५३ बजे उप्रान्त नवमी ।।। करण – भद्रा १२:३० बजेदेखि वव , २३:५३ बजे उप्रान्त तैतिल ।।। योग –वरियान् , १५:३६ बजे उप्रान्त परिघ ।।। पौष १५, २०७९, शुक्रबार।।। ३० डिसेम्बर, सन् २०२२ ।।। अष्टमी, पौष शुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ५६ ।।। सूर्यास्त – १७ :१७ ।।। शुभ साइत : – होम गर्ने साइत-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ । साथीभाइको सहयोग मिल्नेछ । आमाको स्वास्थ्यको ख्याल गर्नु होला । जीवन कष्टदायी हुन सक्छ। पढाइमा रुचि बढ्नेछ । मन प्रसन्न रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

व्यापार व्यवसायबाट धन लाभ बढ्नेछ। परिवारको सहयोग मिल्नेछ । शैक्षिक कार्यमा अवरोध आउन सक्छ। खर्चको मात्रा बढ्नेछ । नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । कार्यभार बढ्नेछ। कपडा उपहार स्वरूप प्राप्त हुन सक्छ। दाजुभाइको सहयोग रहनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मनमा निराशा र असन्तुष्टिको भावना आउन सक्छ। धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। काममा मान सम्मान बढ्नेछ । प्रगतिको बाटो खुल्नेछ । सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। जीवन अव्यवस्थित हुनेछ। सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

काममा प्रगति हुने सम्भावना छ । आम्दानी बढ्नेछ, तर स्थान परिवर्तन हुन सक्छ। खर्च पनि बढ्नेछ । बोलीमा मिठास रहनेछ । आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। कला वा संगीतप्रति झुकाव बढ्न सक्छ। नोकरीमा उच्च अधिकारीको सहयोग मिल्नेछ तर कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। दाजुभाइको सहयोगले व्यापार व्यवसायमा प्रगति हुने सम्भावना छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बोलीमा मिठास रहनेछ तर संयमता कायम राख्ने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा कठिनाइको सामना गर्न पर्ने हुन्छ। काममा जीवन साथीको सहयोग मिल्नेछ। आम्दानीमा सुधार आउनेछ । लाभको नयाँ अवसर मिल्नेछ। साथीभाइको सहयोग मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

काममा प्रगतिको बाटो खुल्नेछ । कार्यभार बढ्नेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । प्रगतिको बाटो खुल्नेछ । आम्दानी बढ्नेछ । सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । दाजुभाइको सहयोगले आम्दानीका स्रोतहरु बढ्न सक्नेछन् । वैदेशिक यात्रामा जाने सम्भावना छ । शुभ समाचार प्राप्त हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बुवाको स्वास्थ्यको ख्याल गर्नु होला । व्यापार व्यवसायमा उन्नति होला तर कठिनाइको सामना गर्नु पर्नेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। मनमा निराशा र असन्तुष्टि रहनेछ । जागिरमा स्थान परिवर्तनको सम्भावना छ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ । धार्मिक यात्रामा जाने सम्भावना छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापार व्यावसायमा नाफा बढ्नेछ। शैक्षिक कार्यमा मान सम्मान बढ्नेछ। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। अभिभावकको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। धैर्यता कम हुन सक्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला । व्यापारमा कठिनाइ आउन सक्छ। साथीभाइबाट सहयोग लिन सकिनेछ । आम्दानीको स्रोत बन्नेछ । अत्यधिक क्रोधबाट बच्नुहोस्। कुनै पनि सम्पत्ति पैसा कमाउने माध्यम बन्न सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यापारमा वृद्धि हुनेछ। साथीभाइबाट सहयोग लिन सकिनेछ। लेखन तथा बौद्धिक कार्यबाट मान सम्मान मिल्नेछ। आम्दानी बढ्नेछ। व्यापारिक कार्यमा व्यस्तता बढ्नेछ । सुखद परिणाम प्राप्त हुनेछ। लाभको दायरा बढ्नेछ। साथीभाइसँग वैचारिक मतभेद हुन सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

व्यापार व्यवसायका लागि विदेश जाने सम्भावना छ। आम्दानी बढ्नेछ। स्वास्थ्यको ख्याल राख्नुहोला। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। सतर्क रहनुहोस्। सवारी साधन मर्मत सम्भारमा खर्च बढ्नेछ । मन अशान्त रहनेछ। परिवारमा धार्मिक कार्य हुनेछ। विवादबाट टाढा रहनुहोस्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सन्तान सुखमा वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। मान सम्मानमा बृद्धि हुनेछ। खर्च बढी हुने चिन्ताले सताउन सक्छ। काममा उच्च अधिकारीको सहयोग रहनेछ तर केही थप काम मिल्नेछ। परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ। शैक्षिक प्रयोजनका लागि विदेश यात्रामा जान सकिनेछ । यात्राबाट आशाजनक परिणाम प्राप्त हुनेछ।

Comments