१० गल्ती गर्ने मानिसको घरमा लक्ष्मी माताले कहिल्यै वास बस्दिनन्, पूरा पढ्नुहाेस् ।
धर्मग्रन्थहरुका अनुसार लक्ष्मी माताको कृपा प्राप्त गर्नुलाई सबैभन्दा सुखद् मानिन्छ । किनभने, लक्ष्मी माताकाे पुजाआजाको सम्पूर्ण फल प्राप्त हुन्छ। शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रि-साउँछिन् ।
१) जो ब्यक्ति विना स्नान गरेर तुलसीका पात च्यात्छ र त्यसबाट भगवानको पुजा गर्छ । देवता त्यस्तो पुजा स्वीकार गर्दैनन् र धनकी लक्ष्मी पनि रिसाउँछिन् ।
२) गुरुको आदर नगर्ने र गुरुकी श्रीमतीमाथि खराब नजर राख्नेको धन महालक्ष्मीले समाप्त गरिदिन्छिन् । चाहे त्यो लक्ष्मीको जति ठूलो भक्त नै किन नहोस्।
३) महालक्ष्मी त्यस्ता ब्यक्तिहरुको घर तुरुन्त छोडिदिन्छिन्, जो ननुहाएर देवताको पुजा गर्छ । पुजाको समय मनमा पनि केही दो-ष हुनुहुँदैन् ।
४) जो स्त्री परिवारका ठूला मान्छेको आदर गर्दिनन्, झगडालु स्वभावकी हुन्छिन् । दोस्रो पुरुषमाथि मन लगाउँछन्, अधार्मिक काम गर्छन् । त्यस्ती स्त्री देखि पनि लक्ष्मी रि-साउँछिन् ।
५) अल्छी मान्छेदेखि पनि देवी लक्ष्मी रि-साउछिन् किनभने यस्तो ब्यक्ति कर्म गर्दैन् र सफलता मात्र चाहन्छ । यस्ता ब्यक्तिले लक्ष्मीको जति पुजा गरे पनि हमेशा धनको अभाव हुन्छ ।
६) जो ब्यक्ति परिवारका सदस्यमाथि कुनै कारण बिना नै भेदभाव गर्छ, त्यस्तो घरमा पनि लक्ष्मी वास गर्दिनन् । न त उसको ब्यापारमा कुनै राम्रो हुन्छ ।
७) जो ब्यक्ति पुजाको समयमा कसैमाथि रि-स गर्छ र आवश्यक रि-साउँछ । त्यसबाट पनि लक्ष्मी रि-साउँछिन् र अन्य देवता पनि उसको पुजा स्वीकार गर्दैनन् ।
८) जो ब्यक्ति भगवानलाई वासी फूल चढाउँछ, सफा सुग्घर रहदैंन्, सदैव दुर्गन्धित र फोहर रहन्छ । उसलाई देवी लक्ष्मी (धन, वैभव र ऐश्वर्य) हमेशा टाढा रहन्छन् ।
९) जो ब्यक्ति बर्जित दिनमा साँझको समयमा स्त्रीसँग स-हवा-स गर्छ र दिनमा सुत्छ । परस्त्री र अर्काको धनमाथि नजर लगाउँछ । त्यस्तो ब्यक्तिको घरमा पनि लक्ष्मी कहिल्यै बास गर्दिनन् ।
१०) कपटी, चो-र, खराब चरित्र भएको ब्यक्ति, दोस्रोको सम्पत्ति हड्पने ब्यक्तिको घरमा पनि देवी लक्ष्मी कहिल्यैं वास गर्दिनन् । गलत कामबाट धन कमाउनेहरु सँग लक्ष्मी प्रसन्न हुदिनन् ।

Comments