काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् । सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको थियो । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।
यता सलोनको पार्टीमा धेरै जसो कलाकार बधाई दिन पुगेका थिए । जहाँ पूजा र युद्ध साथै आकाश पनि देखिएका थिए । आकाशले सलोनलाई बधाई दिदै गर्दा आकाशलाई आफ्नो बिवाह चाहि कहिले भनेर सोद्धा उनले भने- मेरो पनि केहि समय पछि, समय आउदै छ ।
सलोनका जन्तीमा फिल्म क्षेत्रका थुप्रै चिनिएका अनुहार समेत सहभागी थिए । विवाहमा दुवै तर्फका आफन्त, सहकर्मी र नजिकका साथीभाई सहभागी छन् । सलोनले करिब तीन वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह भोज भने १४ गते बुधबार राखिएको हो । निर्देशक शोभित बस्नेतले आफ्नो छोराको बिहे भव्य बनाउन कुनै कसर छाडेका छैनन् ।
उक्त पार्टीमा सलोन र शोभित निकट केही कलाकारहरुको पनि उपस्थिति थियो । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए भने वर्षा राउत र संयोग कोइराला, प्रेम जोडी पूजा शर्मा र युद्ध बानियाँ, आकाश श्रेष्ठ, सलिनमान बानियाँ, आमेश भण्डारीलगायत थुप्रै कलाकारहरु उपस्थित थिए ।

Comments