दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । सेक्स अर्थात् सम्भोग । सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया । हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सेक्स भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् ।
उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ । सेक्समा महिला र पुरुषको समान सक्रियता भएन भने कि त त्यो बलात्कार हुन्छ, कि त एउटा खल्लो यौनजन्य कार्य । महिला र पुरुषका गोप्य अंगहरूको सम्पर्कमात्र सेक्स होइन । दुवैले समान आनन्द पाएनन् भने त्यो सम्भोग रहँदैन ।
भनिन्छ, सेक्स ९० प्रतिशत मानसिक र १० प्रतिशत शारीरिक प्रक्रिया हो । यो कला हो, अनुष्ठान हो । जिन्दगीका आधारभूत र प्रमुख रस तथा सुन्दरतामध्ये एक हो । सेक्स पुरुषत्व या पुंसकत्व देखाउने माध्यम कदापि होइन ।
बेडरुम युद्धभूमि होइन, प्रेमभूमि हो । दुईचार मिनेटको शारीरिक घर्षणपछि थकित भएर निदाउनु र श्रीमतीलाई अतृप्त छोड्नुले तपाईंलाई न असल श्रीमान् बनाउँछ, न कहिल्यै तपाईंले सम्भोगको सम्पूर्ण आनन्द लिन सक्नुहुन्छ । सेक्सको शतप्रतिशत आनन्दका लागि जरुरी छ– तपाईंकी श्रीमतीको सन्तुष्टि । त्यसका लागि यी केही टिप्स उपयोगी हुन सक्छन् ।
–प्राक्क्रीडा लामो गर्नुहोस्
प्राक्क्रीडा (फोरप्ले) लामो भयो भने महिला सम्भोगका लागि पूर्ण रूपमा तयार हुन्छन् । हतार नगर्नुहोला । श्रीमतीका एक–एक अंगलाई मायालु स्पर्श गर्नुहोस्, सुमसुम्याउनुहोस् । उनका ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्नुहोस् । चुम्बन साटासाट गर्नुहोस् ।
उनका स्तन माड्नुहोस् । स्तनका टुप्पामा चुम्नुहोस् । तिनलाई चुस्नुहोस् । कटिमुन्तिरका भागमा औँला चलाउनुहोस् । तर, ध्यान राख्नुहोस्– श्रीमतीलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्नुहोस् ।*

Comments