टिप्पर चालकको क्रु'रता : सबिनलाई ठ'क्कर दिएर बालुवामा लगेर ह'त्या, बाहिरियो घटनाको नालीबेली (भिडियो सहित)
काठमाडौ – जर्मनी उड्ने तयारीमा रहेका सविन फुँयाललाई मोटरसाइकलमा बाटोमा हिंड्दै गर्दा पिछा गर्दै आइरहेको टिपरले टिप्परका मालिक र आफै चालकले ठक्कर दिएर घाइते बनाए र भागे उनको मृत्यु भयो । मृत्यु पछि नक्कली ड्राइभर खोजेर तीन लाख ५० हजारमा घटना लुकाउन खोज्दा टिपरका मालिक विमल वलामी पनि पक्राउ परेका छन् ।
त्रिचन्द्र कलेजमा विएस्सी अध्ययन गर्दै गरेका सविन फुँयाल थप अध्ययनका लागि जर्मन जाने तयारीमा थिए । पढाइमा अब्बल उनी कलेजमा साथिहरुको प्यारो थिए । सबैलाई सहयोग गर्ने, जे काम गर्न पनि अघि सर्ने र कलेजमा हुने कार्यक्रममा सधैं सक्रिय रहन्थे ।
मृतकका आफन्तका अनुसार टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा र’गतका टाटा भेटिएका छन्। अर्का छिमेकी सुशान्त न्यौपाने भन्छन्, ‘घटना नियतबस नै घटाएको हो। झुक्किएर ठ’क्कर लागेर मृत्यु भएको हुनै सक्दैन। घटनामा संग्लन अन्य पक्राउ गर्न प्रहरीले उदासिनता देखाएको छ।’ टिपर चालकको सनकको कारण सविनको ह’त्या भएको आफन्तको आरोप छ।
घटनाको निष्पक्ष छानबिन गर्न, पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न मृतकका आफन्तले प्रदर्शन गरेका थिए। बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका आफन्तमाथी प्रहरीले बल प्रयोग गर्दा मृतकका बुवासहित केही घाइते भए। घटनाका दोषीलाई कारबाही गर्न दबाब दिँदै त्रिचन्द्र कलेजका विद्यार्थीले पनि प्रदर्शन गरे।

Comments