सचिनलाई मध्यरातमा झन् गाह्रो भएको भन्दै जेरी भेट्न पुगिन, भेटेर आएपछि खोलिन वास्तविकता (भिडियो सहित)
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । सचिनलाई मध्यरातमा झन् गाह्रो भएको भन्दै जेरी भेट्न पुगेकी थिईन । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको जेरिले खुलाईन ।
युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि छ । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक, गायिका तथा कलाकारहरु पनि शिक्षण अस्पताल पुगेका छन् ।
सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् । स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए । भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ । चार दिनअघि अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए ।
सचिन अस्पतालमा छट्पटाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् । छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै हिँड्ने गर्थे । तर, केही समयदेखि उनी गुमनाम बनेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ ।
छोरा बिरामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडौं आएकी छन् । उनले छोराको उपचारका लागि आफूसँग आर्थिक अभाव रहेको बताइन् । यससँगै सचिनको नाममा पैसा उठाउने युट्यूवरहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।

Comments