काठमाडौं । नायिका नीता ढुंगाना व्यावसायिक रूपमा सफल वा असफल जे भए पनि फरक-फरक चरित्र निर्वाह गरेर राम्रो अनुभव र ज्ञान बटुल्न सकेकोमा ढुंगाना सन्तुष्ट देखिन्छिन्। नायिका नीता ढुंगानाले बनाउन लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन कहिले होला रु आगामी असारदेखि छायांकनमा जाने भनिएको फिल्मको नीता र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको विबाहसँगै चर्चा सेलाएको छ ।
सलोन बस्नेत र हरिहर अधिकारी मुख्य भूमिकामा रहने भनिएको फिल्ममा बलिउड अभिनेता प्रदीप रावत, लगायतका कलाकारहरु रहने भनिएपछि एकाएक चर्चामा रहेको फिल्मको चर्चा सेलाएका बेला नायिका नीता ढुंगाना यतिबेला मुम्बई पुगेकी छिन् । विश्वस्त स्रोतका अनुसार नीता फिल्म ‘ह्रस्वदीर्घ’कै कामका लागि मुम्बई गएको बुझिएको छ ।
स्रोतका अनुसार फिल्म बलिउडकै महंगा स्टुडियोमा छायांकन गर्ने तयारी छ । मुम्बईको रोडमा हिँडिरहेको तस्विर पोस्ट गर्दै नीताले खुशी ब्यक्त गरेकी छिन् । नीता ढुंगानाले जिन्दगीको रंगमञ्चमा अझै धेरै भूमिका निभाउन बाँकी रहेको बताएकी छिन् । भारतको सुपरहिट चलचित्र ‘गजिनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएकाअभिनेता प्रदीप रावत नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा समेत अनुबन्धित छन् ।


Comments