अर्जेन्टिनामा विश्वकपको विजय उत्सव मनाउँदा २ जनाको मृत्यु, ५ जना कोमामा


 अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि खुशियाली मनाउने क्रममा एक समर्थकको अनौठो किसिमले मृत्यु भएको छ । उनले आफ्नो घाँटीमा देशको झण्डा बाँधेर मोटरसाइकल चलाइरहेको बेलामा झण्डा बाइकको चक्कामा फसेपछि घाँटी कसिएर मृत्यु भएको हो ।

सेबास्टियन अस्कर मासिएल नामक ती २२ वर्षीय युवक घटनास्थलमै बितेका थिए । राजधानी ब्युनस आयर्स नजिक रहेको बाहिया ब्लान्का शहरमा आइतवार खुशियाली मनाउने क्रममा उनी बाइकबाट भुइँमा लडेका थिए । प्रहरीले मृतक घटनाको अनुसन्धान गरिरहेको छ । आरम्भिक अनुमान अनुसार उनी सास रोकिएर मरेका हुन् ।

अर्का, एक जनाको उफ्रिने क्रममा छतबाट खसेर २४ वर्षका युवाको मृत्यु भएको हो । अरु ५ जना कोमामा गएका छन् । तेस्तै आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएकाहरु कोमामा गएका हुन् ।

विश्वकप फाइनलमा फ्रान्सलाई हराएपछि अर्जेन्टिनाका समर्थकहरूले दिनरात विभिन्न शहरमा खुशियाली मनाइरहेका छन् । केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका थिए । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्‍याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको थियो ।

Comments