आफ्नै श्रीमतीको निर्मम ह”’त्या गरि टाउको का”टेर पलास्टिकमा ( भिडियो हेर्नुहोस् )

 


सुर्खेत – सुर्खेतमा एक युवाले हतियार प्रयोग गरी आफ्नै श्रीमती हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् । मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले मगरले आज श्रीमतीको हत्या गरेर टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेका हुन् । ३८ वर्षीय मगरले मिना आले मगरको धारिलो हसियाले घाँटी काटि टाउको पलास्टिको थैलोमा हालेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकि नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीयले पछाडिबाट ती व्यक्तिको तस्बिर लिएका थिए ।

हाल आलेलाई ईलाका प्रहरी कार्यालय बाबियाचौर राखिएको छ । प्रहरीले आलेलाई नियन्त्रणमा लिएको भएतापनि के कारणले श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन । इप्रका प्रमुख प्रहरी निरीक्षक टिक प्रसाद देउवाले पैसाको विषयमा श्रीमतीसँग झगडा परेको बुझिएको बताए । थप कुरा अनुसन्धानपछि थाहा हुनेछ । उक्त घटना स्थलमा १३ जनाको प्रहरी टोली खटिएको थियो ।


Comments