कसरी फैलियो पेलेको मृ,त्युको हल्ला ?

 


ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको मृ,त्यु भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिएको छ।

ब्राजिलको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत पेलेको निधन भन्दै सामाजिक सञ्जालमा नेपालका फुटबल सम्बद्ध व्यक्तिहरूले समेत श्र,द्धाञ्जलि व्यक्त गरिरहेका छन्।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमले पेलेको स्वास्थ्य अवस्थाबारे कुनै पनि समाचार प्रकाशनमा ल्याएका छैनन्। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा पेलेको नि,धन भएको भन्दै श्र,द्धाञ्जलि दिनेको लहर नै चलेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वसहायक महासचिव बसन्त अर्यालले सामाजिक सञ्जालमा पेलेको तस्वीर राख्दै ‘एउटा युगको अन्त्य फुटबलका महान सम्राट पेलेको दुःखद निधन’ भन्दै पोष्ट गरेका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पूर्वकेन्द्रीय अध्यक्ष ऐन महरले समेत पेले र एम्बाप्पेको तस्वीर राख्दै पेलेलाई श्र,द्धाञ्जलि र अब एम्बाप्पे युगको शुरुवात भएको भन्दै बधाई दिएका छन्।

सामाजिक सञ्जालमा पछिल्लो समय अनेकौं अफवाह फैलिने गरेका छन्। सन् २०१९ मा समेत पेलेको मृ,त्युलाई लिएर सामाजिक सञ्जाल मात्र हैन अन्तरराष्ट्रिय मिडियामा समेत समाचार आएका थिए।

अस्पतालमा क्यान्सरको उपचार गराइरहेका पेलेलाई क्रिसमसमा पनि घर लगिएको थिएन। उनको परिवारले अस्पतालमा नै क्रिसमस मनाएको थियो।

Comments