यिनै हुन् ४२ वर्षकि उषा राई जसलाई धरानका आमा समूहद्वारा निर्घात कुटपिट गरेपछि मृत्यु

धनकुटा घर भएकी धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले कु टपिट गरेको खुलेको छ । सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कु टपिट गरेको आफन्तले जनाएका छन् । विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको आज २ः४० मा मृत्यु भएको प्रहरिले जनाएको छ । निर्दोष नफसोस अपराधि नभागेस्” डिएसपि बुद्धले भने । मृतककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपि सामूहिक रुपमा कु टपिट गरेको जनाएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरी सिलाई बुनाईको काम गरी छोराछोरि पाल्दै आएकि थिइन्। उनका श्रिमानको समेत मृत्यु भइसकेको छ । उषाको समेत मृत्यु भएपछि सन्तान अभिभावकविहिन बनेका छन्। उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्नु जाँदा कु टपिट गर्नेहरु नभेटिएको फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन्। डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कु टपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला? कस-कसले कु टपिट गरेको हो अनुसन्धान गर्छौ। कु टपिटको घटना एक महिना अघिको हो। मृतक उपचार भईसके पछि आज मृत्यु भएको हो। कु टपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ। “ ,

Comments