आज चन्द्रागिरि रिसोर्टमा सलोन र करिष्माको मेहेन्दी समारोह, भुवन केसी देखि जिया सम्मको उपस्थिती

 


काठमाडौं । नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदै छन्। सिर १२ गते सोमवार विवाह हुन लागेको यो जोडीको आज चन्द्रागिरि रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोह भइरहेको छ।

मेहन्दी समारोहमा करिश्मा र सलोन निकै खुशी देखिन्थे । करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको छ। भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा पुगेका छन्।

सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न आँटेका हुन। करिष्मा पेसाले एयर होस्टेस हुन। यो जोडीको मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहन्दी, मंसिर १२ मा पातले फरेस्टमा विवाह र मंसिर १४ गते काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन सम्पन्न हुनेछ ।

Comments