३७ वर्षीय पुरुषले छोरा जन्माए, कसरी भयो सम्भव ?

काठमाडौं । एक पुरुषले छोरालाई जन्म दिएका छन् । अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका हुन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् । जानकारी अनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् ।करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराएका थिए । तर, मातृसुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् उनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए । लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरेको बताइएको छ । सो फैसलापछि विलियमले सन् २०२० अक्टोबरमा छोरालाई जन्म दिएको समाचार डेलिमेलमा छ । उनले आफ्ना छोराको नाम हडसन राखेका छन् विलियमले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नराम्रो अनुभूति सेयर गरेका छन् । छोरालाई जन्म दिएको एक वर्षपछि आफूले नर्स, विभिन्न छिमेकी र आफन्तबाट नराम्रो अनुभूति लिनुपरेको उनले बताएका छन् ।

Comments