मिस अर्थमा सरिशाले पेस गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश


 काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।

भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्बित गर्ने पोशाक प्रस्तुत गरिन् । 

नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतिको हरियो रङबाट उनको कस्ट्युमप्रभावित थियोजोखिमको सूचीमा परेको चरा काँडे भ्याकुरलाई पनि पोशाकमा चित्रण गरिएको छ । 

काठमाडौंको सभ्यता सुरु भएको ठानिएको चोभार गल्छीमा खिचिएको आकर्षक भिडियो पनि सरिशाले मिस अर्थमा प्रस्तुत गरिन् ।










Comments