२दुई दाजु,भाईको जोडिएको टाउको डाक्टरले २७, घण्टा सम्मको निरन्तर अप्रेशन पछि छुट्याए

 


जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो शल्यक्रियापछि डाक्टरहरुले टाउको छुट्याएका छन् । खबर हो ब्राजिलको ।

 ब्राजिलका ३,वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा शल्यक्रिया पश्चात उनीहरुको टाउको अलग गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

 जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो समस्यालाई सधामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।

 ग्रेटअरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो शल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।

 शल्यक्रियामा लण्डन र रियोदी जेनेरियोका सर्जनहरुले एमआरआई स्क्इानका आधारमा उनीहरुको पटक पटक परिक्षण गरेका थिए । यो शल्यक्रिया २७ घण्टासम्म चलिरहँदा डाक्टरले बिचबिचमा खाना र पानीका लागि मात्र १५ मिनेको रेस्ट लिएको समेत बताइन्छ ।

 शल्यक्रिया चलिरहँदा विभिन्न देशका नामी सर्जनहरुले हेडसेट लगाएर शल्यक्रियालाई सफल पारेका थिए । बच्चालाई शल्यक्रिया गरेर जोखिममा पार्नु अघि चिकित्सकहरुको टोलीले लामो समय अध्ययन गरेर उनीहरुलाई हानी नपुग्ने किसिमले काम गरेकै कारण आज यो शल्यक्रिया सफल भएको छ ।

जसलाई डाक्टर जिलानीले यो शल्यक्रिया मंगल ग्रहमा मानिस पुग्नु जस्तै कठीन कामलाई सफल पार्न चिकित्सकहरु सफल भएको प्रतिक्रिया दिएका छन् ।यो शल्यक्रियालाई सफल बनाउनमा ब्राजिलको बाल चिकित्सा सर्जरीका प्रमुख डाक्टर मुफरेजको टिम रहेको बताइएको छ ।

Comments