राउटेको बस्ति पुग्दा देखियो अनौठो कुराहरु राउटे समुदायकै सबैभन्दा सुन्दरि सम्झना ,अब छिट्टै बिहे हुदै (हेर्नुस् भिडियो सहित )
सिकार र कन्दमूलको भरमा जीवन धान्दै आएको लोपोन्मुख राउटे समुदाय आधुनिकताप्रति आकर्षित बन्दै गएको छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सामाजिकीकरणतर्फ उन्मुख हुन थालेका हुन्।
यो समुदायले जंगललाई नै आफ्नो घर मान्दै आएको थियो।दशकदेखि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका थुप्रै प्रयासका कारण राउटे समुदायले पनि आधुनिक समाजलाई स्विकार्न थालेको छ। उनीहरू विस्तारै आधुनिक समाजमै जीविकोपार्जन गर्ने बाटोतिर अग्रसर हुँदै छन्।
कुनै बेला रुपैयाँ छोए पाप लाग्छ भन्ने जंगलको राजा राउटे जाति अहिले बस्तीमा पुग्ने जो–कोहीसँग पैसा माग्छन्। आफूले पाउने सामाजिक सुरक्षा भत्ता र खाद्यान्न सरकारले कहिले पठाउँछ ? भन्दै बस्तीमा पुगेका अन्य नागरिकलाई फोन गरिदिनसमेत आग्रह गर्छन्। एकदमै सुन्दरि उतिकै सहनशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर ।
यी हुन राउटे समुदायकि सम्झना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।राउटेहरु अरु समुदायसग बिवाह गर्दैनन् त्यहि प्रश्न सम्झनालाई सोध्दा हो आफु अन्यत्र समुदायसग बिवाह नगर्ने र राउटे सगनै गर्ने बताइन,एक ठट्यौलि प्रश्न जो थियो ।

Comments