माल्टामा मृ त्यु भएकी ढुंगेलको शव नेपाल पठाइयो, अर्को पठाउने तयारी

माल्टामा मृ त्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको श व आज नेपाल पठाइएको छ ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरी श व नेपाल पठाइएको जानकारी दिए ।

माल्टा पुगेको भोलिपल्टदेखि नै ढुंगेल बिरामी परेकी थिइन् । अस्पतालमा उपचारको क्रममा उनलाई डेंगु पुष्टी भएको थियो । एनआरएनकै पहलमा उनलाई एक महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो ।

माल्टा पुगे पनि काम नथाल्दै मृ त्यु भएकाले ढुंगेलको श व नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । त्यसपछि एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो । यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि पहल गरिएको थियो ।

‘एनआरएन माल्टाको सिंगो टिम, माल्टमा रहेका नेपाली र कूटनीतिक पहल मार्फत् श व फिर्ता पठाउन सफल भएका छौं,’ अध्यक्ष अर्यालले भने ।

यसैबीच माल्टामै मृ त्यु भएका आकास बुलिमको श व पनि नेपाल फर्काउन पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

Comments