एक्कासी चितवनबासी उर्लिए, रवि लामिछानेले जीत्ने पक्का भएपछी नाचगान र दोहोरि चल्यो..,(भिडियो हेर्नुस्)

चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेकाे छ । अहिलेसम्म १६ हजार २ सय २० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ६ हजार ४ सय १ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पाेखरेलले ४ हजार ६ सय ३६ मतसहित पछ्याइ रहनुभएकाे छ । लामिछाने र पाेखरेलबीच मतकाे अन्तर १७ सय ६५ रहेकाे छ । यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभएकाे छ । यो पनि,ललितपुर क्षेत्र नम्बर ३मा १७ हजारभन्दा बढी मत गनिएको छ। कूल ६२ हजार हाराहारी भोट खसेकोमा हालसम्म २८ वटा मतदान केन्द्रको गरी १७ हजार ४ सय ५८ मत गनेर सकिएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत धर्मराज पौडेलले देश सञ्चारलाई जानकारी दिए। क्षेत्र नम्बर ३ मा १०५ वटा मतदान केन्द्र छन्।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की प्रतिस्पर्धी एमालेका अमृत खड्का भन्दा २ हजार मतले अगाडि छन्।तोसिमाको ७ हजार ३ सय ८ मत आउँदा एमालेका खड्काले ५ हजार ३ सय ३३ मत ल्याएका छन्। सत्ता गठबन्धनको समर्थनमा उठेकी माओवादी नेतृ पम्फा भुषाल भने तेस्रो स्थानमा छन्। भुषालले ३ हजार १४ मत मत प्राप्त गरेकी छन्। क्षेत्र नम्बर ३ को मतगणना भोलीरातिसम्म सकिने निर्वाचन अधिकृत पौडेलको भनाइ छ।

Comments