घण्टी बजाउँदै चुनाब जितेकी सोविता गौतम भन्छिन् ‘अबको प्रधानमन्त्री रवि लामिछाने नै हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ २ बाट बिजयी भएकी सांसद सोविता गौतमले आफ्ना सभापति रवि लामिछाने नै अबको प्रधानमन्त्री हुनुपर्ने बताएकी छिन् । नेतृ गौतमले अब युवाहरुको पालो आएको बताउँदै रविजस्ता भिजन भएका युवाहरु संसदमा आइरहँदा अब रवि जस्ताले देश हाँकेमा मुलुकले छिटो सविकाशको गति लिने बताएकी छिन् । रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेका बेला धेरैले रवि सरकारमा जानुपर्ने बताएका बेला अब रविजस्ता युवाहरुको विकल्प नरहेको बताएका छन् । यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलार्य सुझाव दिँद तत्कालै सरकारमा जान नहुने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ । प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न । बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् । नेपाली राजनीतिको इतिहासमा कहिल्यै नभएको एक अस्वभाविक राजनीतिक अभ्यास ुब्यालेटुमै देखाइदिए नेपाली जनताले १ अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ुतीन पुस्तालामो खुशीको उभारु हो । यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ । यससँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ । त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

Comments