दुई महिना अघि जापान गएका नुवाकोटका १८ वर्षीय प्रवीणले किन रोजे मृत्युको बाटो,परिवार भन्छ ‘छोराको अन्तिम संस्कार नेपालमै गर्ने हो ‘
मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गैरहेका उनी बिरामी भएको जानकारी गराइ सो दिनदेखि विद्यालय नआएको र उनी निकटका साथीलाई विद्यालयले कोठामा हेर्न लगाउदा कोठा नखुलेपछि विद्यालयबाट आइ कोठामा हेर्दा मृत फेला गरेको बताइएको छ ।नेपालमा मृतकको परिवारलाई कन्सल्टेन्सिमार्फत उनको मृत्युको बारेमा जानकारी गराइएको विद्यालय स्रोतले जानकारी दिएको छ । शवलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको र पोस्टमार्टमको लागि अस्पतालमा राखिएको बताइएको छ ।नेपाल समचारपत्रमा खबर छ ।
पारिवारिक स्रोतले शवलाई नेपालमै अन्तिम संस्कार गर्न चाहेकोले सरोकारवाला निकायसँग समन्वय भइरहेको बताइएको छ ।मृतक नेपाल १८ वर्ष पुरा नभएकोले जापान आएदेखि कामपनि नगरेको उनका साथीले बताए । उनले आफ्नो फेसबुकमा रहेका सबै जानकारी स्टाटस तस्बिरलाई समेत मेटाएका छन् ।उनी निकटका साथीको भनाइ अनुसार आर्थिक रूपमा पारिवारिक अवस्था पनि राम्रो रहेको थियो । के कति कारणले नेपालले मृत्युको बाटो रोजे भन्नेबारेमा यकिन केही भन्न सकिने अवस्था नरहेको देखिएको छ । उनी अन्तरमुखी स्वभावका रहेको साथीहरू बताउँछन् ।

Comments