भाइरल अन्तरजातिय जोडिले गर्दा ४ वर्ष पछि यस्तो रेकर्ड तोड्यो “मेरी बास्सै ले” (भिडियो सहित)

 


काठमाडौं – नेपाली हाँस्य टेलिशृखला मेरी बास्सै चार वर्षपछि युट्युबको ट्रेनिङ नम्बर १ मा पुग्न सफल भएको छ । नवनियुक्त निर्देशक दिवाकर भण्डारी (सापटी काका) ले लेखनसँगै निर्देशनपनि सम्हालेको दुई भाग पछि नै ‘मेरी बास्सै’को ७६६औँ शृखला ट्रेनिङ १ मा उक्लिएको हो।

केही समयदेखि निरन्तरजसो घट्दो क्रममा रहेको ‘मेरी बास्सै’को साख निर्देशनमा भण्डारीको इन्ट्रीसँगै पूर्व निर्देशकद्वय केदार घिमिरे र सीताराम कट्टेलकै लयमा शृखलाको क्रेजमा फर्किएको देखिन्छ। भण्डारीको नेतृत्व पाउनासाथ शृखलाले लामोसमयपछि सबैभन्दा धेरै दर्शकको मत जित्न सफल भएसँगै उनको निर्देशन पनि लेखन जस्तै अब्बल ठहरिएको छ । श्रृंखलाको कथा, पटकथा, संवाद लेखन भण्डारी र कुन्जन भट्टराईले गर्दै आएका छन् l

साताको प्रत्येक मंगलबार प्रशारण हुँदै आएको शृखलालाई पाँचौ दिन शनिबार (यो समाचार तयार पार्दासम्म) ११ लाख ७१ हजार भन्दाबढी पटक हेरिएको छ।निर्देशक भण्डारीले दर्शकहरुको माया र आर्शिवादले गर्दा शुरुवातमै यो सफलता मिलको भन्दै दर्शहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै माया गर्न आग्रह गरेका छन्।

निर्देशक भण्डारीले नयाँ पुस्तासँग खूशी साट्दै भने, “यो खूशीको कुरा हो । यो सफलता मेरो एकल प्रयासले भन्दा पनि समग्रमा मेरी बास्सैको सिंगो टिमको मेहनत र परीश्रमले सफल भएको हो । मिडिया हबको भारी सहयोग, कलाकारहरुको अथक मेहनत र त्यसलाई भगवानरुपी दर्शकहरुले पनि धेरै माया गरिदिनुभयो यो सबै मिलेर नै ट्रेनिङ १ मा पुगेको हो । तपाइहरुले राम्रो लाग्दा ताली, नराम्रो लाग्दा गाली र सल्लाह सुझाब दिनुहोला हामी त्यसलाई सिरोधार्य गर्दै अघि बढ्ने छौँ । यो सफलता सबैसामु बाँड्न चाहन्छु ।”

यसअघिका निर्देशक दमन रुपाखेती ‘मेरी बास्सै’बाट बाहिरिएसँगै शृखलाका लेखक तथा कलाकार भण्डारी शृखलाको ७६४ औँ भागबाट निर्देशनमा उदाएका हुन्।


यसअघिका निर्देशक दमन रुपाखेती ‘मेरी बास्सै’बाट बाहिरिएसँगै शृखलाका लेखक तथा कलाकार भण्डारी शृखलाको ७६४ औँ भागबाट निर्देशनमा उदाएका हुन्।

Comments