उडिरहेको विमानको ककपिटमा बसेर अन्तरवार्ता दिएपछि पाइलट बिजय लामालाई जहाज उडाउन लगाइयो रोक


 काठमाडौँ । सेलीब्रेटी पाइलट बिजय लामाले उडिरहेको जहाजमा अन्तरवार्ता दिएको भन्दै उनलाई कारवाही गरिएको छ ।

पाइलट लामाले उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएसँगै उनलाई फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि विमान चलाउन रोक लगाएको हो ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागका अनुसार
लामालाई अर्को सुचना नआउन्जेलीसम्मका लागि विमान उडाउन रोक लगाइएको हो ।


बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुला अनुसार लामालाई उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा कारवाही गरिएको हो ।

निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा ५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ। उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियम छ ।

Comments