काठमाडौं / ‘घर कता हो बैनीको ’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘लगायतका चर्चित गीत गायका युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आ त्म हत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको बताइएको छ । छोटो समयमा अत्याधिक चर्चा बटुल्न सफल उनले किन यसतो कदम चाले त्यो कारण भने खुलाइएको छैन् । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए ।
त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । कोठाको ढोका खुल्लै रहेका बेला प्रकाशले झुण्डिने प्रयास गर्दै गर्दा गायिका भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको बताइएको छ । अहिले उनको अबस्था सामान्य हरेको बताइएको छ । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम रहेको छ ।
यस्तो छ गायक प्रकाश दूतराजको स्टाटस् :
कहिले काहि हराई दिन्छु , यसै यसै . .
कहिले हरियाली पाखा पखेरि , उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै . .
कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् . .
कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु . .
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन ।
यसलाई रोग भनु या मेरो विशेषता ।
यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।
“म केहि छिन हराउँनु म मर्नु हैन नि !
बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .
माया गर्नेहरु को आशुले सराप्छ ।
कसरी मार्न सक्थे र यो शरीरलाई ।
गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।
संधै संधै तपाईहरुकै मन भित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार ,
प्रकाश दुतराज ।

Comments