चर्चीत दोहोरी गायक राजु परियारले रबि लामिछानेको सपोर्ट गर्दै भने,रविले हाम्रो लागी गर्ने छन हाम्रो पिडा बुझ्नेछन् (भिडियो सहित)

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका स भापति रवि लामिछानेले निर्वाचित हुनु भनेकाे विजयी नभइ जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएकाे बताउनुभएकाे छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै लामिछानेकाे फेसबुकमा लेख्नुभएकाे छ, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍या ली गर्न चाहन्न ।’ सभापति लामिछानेले आजै दिउँसाे ३ बजे भरतपुर–१० गेस्ट हाउस चौरमा, भोलि शुक्रवार बिहान ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र दिउँसाे ३ बजे शहीद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा धन्यवाद सभा गर्न लागेकाे पनि जानकारी दिनुभएकाे छ । लामिछानेले आफूलाई बधाई दिन आउँदा फूलमाला, अबिर, खादा केही नल्याउन पनि आग्रह गर्नुभएकाे छ । आजैदेखि आफूले काम थाल्ने पनि उहाँले बताउनुभएकाे छ ।लामिछाने चितवन २ बाट ४९ हजार २ सय ६१ मत ल्याउँदै ३४ हजार १ सय ६२ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ रबि लामिछानेले माननीयको प्रमाणपत्र पाएका छन । रबिको बिरुद्धमा जुन आयोगमा मुद्दा परेको थियो सोही आयोगले उनलाई माननीयको प्रमाणपत्र दिएको छ । उनले आफ्नी श्रीमती निकिताको हातमा पक्रेर कसम खाएर जनतालाई रुवाएर कोहीसँग पनि सौदाबाजि नगर्ने बताएका छ्न । यसैक्रममा आज भने प्रसि द्ध लोक गायक राजु परियार रबि लामि छानेको बिषयमा बो ल्दै मिडियाम आएका छन । केही दिनअगाडीमात्र बाबू गुमाएका उनी अझैपनी पितृशोकमै डुबिरहेका छन । उनले रबि लामिछानेको सपोर्ट गर्दै अब हामी जनताको पीडा रबिले नै बुझ्ने अभिव्यक्ति दिएका छन ।

Comments